गजल आज त म मादलको ताल बिना पनि नाचेको छु ✍️सन्तोष रावत सुर्खेत आज त म मादलको ताल बिना पनि नाचेको छु अमर हुनको लागि शत्रुसग पनि नाता गाँसेको छु जिन्दगीमा दुख पिडाको मात्रै आएपछि उपहार एकछिन सबै कुरा बिर्सेर आज म हासेको छु मिहिनेत गर्दै छु अझै सफलताको लागि पाउन त्यही भएर केहि सपनाहरु हृदयमा सारेको छु आफैँदेखि पनि अचम्म लाग्दो रहेछ कुनै बेला मैले नि नरोजेको नसोचेको कुरा आँटेको छु जिन्दगीमा सबैले निरन्तर निरन्तर प्रहार गर्दा पनि आफैलाइ ताजुव लाग्छ खै म कसरी बाचेको छु
Wow
ReplyDelete