Posts

Showing posts from June, 2020

कविता

शिर्षक :- प्रिय प्रिय, तिमिले पढ्ने गरेको दन्त्य कथाको  राजकुमार होइन म  कि वायु पङ्खी घोडा चढेर  हावाको बेगमा आएर तिमीलाई सङ्गै  लगेर जाने तिमिले सुन्ने गरेको जादुगर होइन म कि तिमिले मुख खोल्नु अगावै तिम्रो  मन पढ्न सक्ने म तिमिले रमाइलो मानी मानी  हेर्ने चलचित्रको नायक होइन कि जसले हरेक कुरा पूरा गर्दिन्छ अनि यति कुरा थाहा हुदा हुँदै पनि अनि किन त? तिमी मलाई केही नभनि भन्छौ कि तिमिले त मलाइ बुज्दै बुज्दैनौ!! मेरो मनको कुरा सुन्दै सुन्दैनौ!!! किन प्रिय?

गजल

Image
तिमिलाइ चाहेर के गर्नु तिमी मेरो भेट्नै यो मनले चाहेर के गनु हजुर जजसलाई चाए यहि पाएन अरु पाएर क गर्नु तिमी कहिले पनि भेटन आएनैसमझेर मलाई सघै खुट्टा दुखाइ तिम्रो घर मात्रै धाएर के गनु किन हो तिमी नै नहुँदा साथमा अचेल भोक मेटिदैन कति पनि खाएर के गनु तिमी छैनौ यो सन्तोष मनमा बस्नको लागि अव यो मेरो घर को छानो छाएर के गनु जिन्दगीमा कहिले पनि सोचेको जस्तो नहुने रैछ तिमी नै भन अब माया मात्रै लाएर के गर्नु

मानवता

?जब विश्वको मानचित्रमा  देखिन्छ हिंसा अनि व्यभिचारको जालो अनि कयौं प्रश्नहरु उठ्छ मनभरी आखिर किन सबै साम्राज्यवादी? आखिर किन सबै भौतिकवादी? आखिर किन छ अर्ब मानवलाई ध्वस्त पार्ने सोच? आखिर किन पृथ्वीको अस्तित्व  सङ्कटमा पार्ने सोच? किन आणविक शक्तिको धाक? किन सैन्य शक्तिको धाक? आखिर किन रङ्गभेद? आखिर किन जातीय विभेद? के मानव अनि मानवताको मूल्य  यति सम्म गिरेको छ? ✍️अजय बिश्वकर्मा             बर्दिया
Image
गजल आज त म मादलको ताल बिना पनि नाचेको छु ✍️सन्तोष रावत सुर्खेत  आज त म मादलको ताल बिना पनि नाचेको छु अमर हुनको लागि शत्रुसग पनि नाता गाँसेको छु  जिन्दगीमा दुख पिडाको मात्रै आएपछि उपहार  एकछिन सबै कुरा बिर्सेर आज म हासेको छु  मिहिनेत गर्दै छु अझै सफलताको लागि पाउन त्यही भएर केहि सपनाहरु  हृदयमा सारेको छु आफैँदेखि पनि अचम्म लाग्दो रहेछ कुनै बेला  मैले नि नरोजेको नसोचेको कुरा आँटेको छु जिन्दगीमा सबैले निरन्तर निरन्तर प्रहार गर्दा पनि आफैलाइ ताजुव लाग्छ खै म कसरी बाचेको छु  
[youtube https://www.youtube.com/watch?v=k-QATs4Rdtg]