Posts

Showing posts from May, 2020
गजल सुरो एकलव्य सुरो एकलव्य कहासम्मको उसको गन्तव्य कहासम्मको बालाइ आश्रम छाडेर आउने  तिम्रो कर्तव्य कहासम्मको तिम्रो बोली कहिले पुग्दैन फाल्तु मन्तव्य कहासम्मको बा मर्या हुन या छोरा जन्म्यो यतिको भव्य कहासम्मको ✍️अजय विश्वकर्मा \'सीमान्त\' बर्दिया
Image
गजल                               मेरा बाका जस्तै                                                                                  ✍️अजय बिश्वकर्मा \"सीमान्त\"                                                बर्दिया उसको हत्केला मेरा बाका जस्तै  हातभरीको ठेला मेरा बाका जस्तै भयो मेरो कथा सुनाउदिन तिम्लाइ सुने आँसु चुहेला मेरा बाका जस्तै तिम्रा सपना पनि त उस्तै नै छन टाला टुलि बाटुला मेरा बाका जस्तै आउ बस मुटुमै मुटु पनि देश हो छ प्रवेश खुला मेरा बाका जस्तै न झिक्न सकियो न भाच्न नै गरिबीको किला मेरा बाका जस्तै           
मुक्तक                       सन्तोष मन: केही मनहरु                                             -सन्तोष रावत                                                   सुर्खेत  (१) भुली देउ  मलाई अब तिम्रोपछि पर्दिन म एक्लै बाच्न सक्छु तिम्रो लागि मर्दिन म माया केहो बुझेर महिले आज अबकसैलाई पनि माया गर्दिन म (२) सन्तोष मन टुक्रा टुक्रा भयो सिउने कोही छैनन् सुखमा सबै हुन्छन दुखमा सगै पिउने कोही छैनन् एकै छिन माया लाएर जान्छन् सबै सघै  जिन्दगी मसँग  जिउने कोही छैनन्  (३) आज कसैको लागि खास भा छु मायाको खेलमा पनि  पास भा छु के गल्ती भो र छोडी गयौ मलाई  अचेल तिमी बिना जिउदो लास भा छु (४) भोलिदेउ मलाई संसार छोडेर जादै   छु  संसारबाट सबै नाता तोडेर जादै  छु  बिसिदेउअब मलाई तिमी  है संसारबाट कातोओडेर जादै छु 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
Image
मुक्तक                 केही मुक्तकहरु                                                                                                               ✍️अजय बिश्वकर्मा                   (१) अरे! कतिका बगे खुन गन्नै बिर्सिए त्यो त भगवान जानुन गन्नै बिर्सिए एकदिन तारा गन्दा गन्दै यसो भन्ने छौ थुक्क आकाशको जुन गन्नै बिर्सिए                   (२) कमजोर त्यो खेतको आलि भएको छ मक्किएको भत्किएको पाली भएको छ तिमी टाढा छौ म एक्लो भा´छु यता तिमी बिना यहाँ खाली खाली भएको छ                    (३) एकदिन दुईदिन गर्दै मिति जान्छ सानू थैलो न हो जिन्दगी बिति जान्छ सानू माया लाउने भए आजै लाई हाल हेर जिन्दगी त यसै यसै बिति जान्छ सानु                               ✍️अजय बिश्वकर्मा `  सीमान्त ´
अजय बिश्वकर्मा
Image
कविता                          देश खसिसक्यो                                                                                                               ✍️अजय विश्वकर्मा  `  सीमान्त ´ देश खस्नेछ काध थाप्नेहरु ट्वाल हेरिरहेका छन अनि काध थाप्न फक्रीएका जवानहरू लगातार उडिरहेका छन हावासङ्ग कावा खादै अन्यत्रको बसाइमा देश खसेको छ जिम्मेवार नागरिकहरू अजिम्मेवार बनेका छन यहाँ पैसामा बेचिन्छ कानुनलाइ यहाँ पैसा बेचिन्छ दसगजालाई फर्सीलाई किराले खाएर खोक्रो बनाएझै देशलाई पनि नेता नामक किराले खोक्रो बनाएका छन बहुलाएका छ्न जनता अनि बहुलाएका छन नेता देश खसिसकेको छ दसगजा अब एक गज पनि बाकी रहेको छैन पिलर उप्काएका छन सिमाना मिचिएका छ्न दुई ठुला देशको लडाइँमा नेपाल तरुलझै च्यापिएको छ देशमा केहि बाकी छैन अब देश अरुको कब्जामा छ साची, देश खसिसकेको छ                                                ✍️अजय बिश्वकर्मा `  सीमान्त´                                                                 बर्दिया 
Image
कविता                     हरियो पासपोर्ट                                                                                                                              ✍️ अजय बिश्वकर्मा `सीमान्त ´ दिनभरि लाइन बसी पाएको हरियो कागज बोकी आएको विदेशमा म पसिनासँग पैसा साट्न म पैसासँग पसिना साट्न म बिहानको निद्रा खुल्छ मेरो क्वार-क्वारे अर्लामको आवाजबाट हरेक बिहानी मालिकको अपशब्दबाट सुरु हुन्छ अनि हरेक साझ त्यसरी नै सकिन्छ मलिलो माटो खेल्ने मेरा यी हात आज मरुभूमिको तातो बालुवा खेलिरहेको छ दिनचर्या यसरी बित्दैछ लाग्छ आफ्नै शरीर पनि मेसिन सरह चिसो हावामा डुल्ने मेरो मन निस्सासिएको छ तातो हावामा शरीर भासिएको छ मरुभूमिमा अनि आफै भक्कानिएर आउँछ ती साथीसंगी,आमाबुवा,श्रीमती छोराछोरीको सम्झनामा आएको कति वर्ष पुगिसक्यो तर पनिसकेन मन राख्न अँझै पनि खोज्दै छ मन मस्तिष्कले म उठ्ने हरेक बिहानीमा मेरो आमाको आदेश मेरो बुवाका ख्याक्क खुक्क अनि श्रीमतीका चुराहरुका छिनछिन आज दिन गन्दै थिए आएको अहो ! आएको धेरै वर्ष पुगिसकेछ के म घर नफर्किने? अब कति दिन निस्सासिएको मन लिइ मरुभूमिमा भासिएको शरीर लिइ कति दिन गाडीरह...
गजल          आकासको चन्द्रमा छुन चाहन्छ आकाशको चन्द्रमा छुन चाहन्छ चादी चाहन्छ अनि सुन चाहन्छ तेरो प्रार्थना त्यत्तिकै सुन्दैन उसले सुन तेरो पापी ईश्वर खुन चाहन्छ आत्मा शरीर सबै तिम्रै हो प्रिया लैजाउ के चाहिन्छ कुन चाहन्छ जनता उता पत्रिकामा सुतेको छ मेरो सरकारले न्यानो उन चाहन्छ गरिबीले गाजेरै होला त्यो साने भत्ता पाउन छिटै बुढाे हुन चाहन्छ                                 -©अजय विश्वकर्मा \" सीमान्त\"                       सैनिक आवासीय महाविद्यालय                                      सुर्खेत https://www.facebook.com/100011816762393/posts/754107781659774/?app=fbl
Image
------------------------------------------------------------------------------------ कविता                 जन्मदिनको शुभकामना गुरुबा                                                            जन्मदिनको शुभकामना गुरुबा🎂🎂 आदरणीय गुरुबा, हजुरले पढाएको अङ्कले रङ्ग ल्याएको छ मेरो जिबनमा यो भुइँमान्छेलाई  टपक्क उठाएर शिरमा  राख्नुभयो अनि त्यो दिलमा राख्नुभयो हजुरको सिकाइमा  न कर लाग्यो  न बिनिमय नै गर्नुभयो मसङ्ग केही  गुरुबा, हजुरको गुरुत्वले  च्यापेको छ मलाई  गुरुबा हजुरको जन्मदिन सकेन केही दिन यो दिनले यो सानो किरिङ मिरिङ अक्षर अनि  यो नमिलेको कविता र सस्तो लाखौं लाख  शुभकामना बाहेक गुरुबा, हजुरको जिबनमा खुसिको अभिवृद्धि होस जिबनसङ्ग सम्झौता  गर्नु नपरोस्  न गर्नुपरोस दु:खसङ्ग सुखको बिनिमय  सुखले हजुरलाई  अर्ध बार्षिक चक्रिय ब्याज  तिरोस  दुखको पिडाको सरलीकरण होस यो सानो भुइँमान्छेको  शुभकामना छ गुरुबा स्वीकार गरिदिनु है जन्मदिनको  लाखौं लाख  शुभकामना गुरुबा @HappyBirthdayToUSir🙇                        नोट:- गणित शिक्षक मुन बहादुर रोकायज्यु प्रती समर्पित  - ----------------------------...
म तिमिलाइ  चोखो प्रेम र साँचो माया गर्छु । मैले तिमिलाई बाहेक कसैंसंग आफुुलाई कल्पना गरेर मात्रपनि हेरेको छैन । कारण म तिमिलाई मनदेखी नै प्रेम गर्छुु । म हरेक समय आफुुलाई तिमिभित्र हराउँछु । तिम्रै काँखमा लुुटुुपुुटुु गरेको कल्पना गर्छु । तिमि भन्दा टाढा मैले कुुनै संसार देखेकोपनि छैन र कल्पना समेतपनि गरेको छैन। म तिमिलाई औधि चाहन्छु। मेरा सारा प्रेम तिमिमा खन्याउन चाहन्छु। तिमिमै हराउँन चाहन्छु। म हरेक समय तिम्रै लागि सोच्छु । हरेक पल तिमिमै हराउँदाको झैं मजा सम्झन्छु। तिम्रो ओठको हासो हेरेपछि मैले आफुुलाई विर्सन्छु। म तिमिमा यति विलिन भएको थिए की सायद मैले जति माया दुुनियामा कसैले कसैलाई गर्दैन होला । रोमियो र जुुलेट, मदन र मुुना, नैना र रेशमले भन्दा धेरै माया छ तिमि प्रति मेरो । यदि मायामा पनि पैसा प्राप्त हुुन्थ्यो र त्यसको ट्याक्स तिर्नुु पथ्र्यो भने संसारको सबैभन्दा धनि म र सबैभन्दा बढि ट्याक्स मैलेनै तिर्थे होला विल गेट्सले भन्दा धेरै ।
#_Really_Want_To_Die 😭 भगवान,🙏🙏 मलाई लागेको थिएन कि मैले कहिले तिमिसङ्ग केही माग्छु होला भनेर अनि तिमिले पनि त कहा दियौं र मलाइ मेरो भावना बुझेर । भगवान🙏! मम्मीले👧 कहिले कोहि सङ्ग माग्नु हुदैन भनेर सिकाउनु भयो ।आफै कमाउनु पर्छ भन्नू भयो । ईश्वर🙏!! के मृत्यु पनि कमाउन सकिन्छ र???? म कसरि कमाउ आफ्नै मृत्यु??भगवान जिन्दगीको पहिलो चोटि तिमी सङ्ग केही माग्दै छु। भगवान म आज तिमी सङ्ग मृत्यु माग्दै छु । दिन्छौ होला नि हैन आफ्नो सन्तानलाई   ?🙏🙏🙏

Fuchchisaya

Image
कविता हिरण्यकश्यप बुबाहरु                                         न दिनमा                          न रातमा न आकाशमा न पातालमा न दानव न मानवले न कसैले मार्न सक्ने हाम्रा बुवालाई दिन रात मारिरहेका छन हाम्रा इछ्यापुर्तिका नरसिंहहरुले विचरा हाम्रा हिरण्कश्यप बुवाहरु नारदको लहलहैमा लागेर अन्धाधुन्धा आधुनिकताको नाम जपिरहेका हामी प्रल्हाद आफ्नै बिचरा बुबालाई मारिरहेका छौ इछ्यापुर्तिको नाममा बिचरा हाम्रा हिरण्कश्यप बुवाहरु होलिकाको फायर प्रूफ वश्त्रजस्तै भावनाको पिटाई प्रूफ वश्त्र ओढेर हामी आफै इछ्यपुर्तिको आगोमा बसेर जलाइरहेक छौ आफ्नै हिरण्कश्यप बुवालाई बिचरा हाम्रा हिरण्कश्यप बुवाहरु प्रल्हादले बिष्णु भक्ति गरेझै निरन्तर रूपमा हामी आधुनिकताको भक्ति गरिरहेका छौ उता हाम्रा बुबा दिनरात मरिरहेका छन् समयको अगाडि परिश्रम गरिरहेका छन् नरसिंहको अगाडि भन कहिले मर्छ तिमी भित्र को नरसिंह भन कहिले फेर्छन हाम्रा बुबाले चयनको सास हाम्रा  बुबाहरु प्यारा बुबाहरु तर कठै बिचरा हाम्रा हिरण्कश्यप बुवाहरु                     -अजय बि.क\'सिमान्त\'                सैनिक आवासीय महाविद्यालय                    ...