शिर्षक :- प्रिय प्रिय, तिमिले पढ्ने गरेको दन्त्य कथाको राजकुमार होइन म कि वायु पङ्खी घोडा चढेर हावाको बेगमा आएर तिमीलाई सङ्गै लगेर जाने तिमिले सुन्ने गरेको जादुगर होइन म कि तिमिले मुख खोल्नु अगावै तिम्रो मन पढ्न सक्ने म तिमिले रमाइलो मानी मानी हेर्ने चलचित्रको नायक होइन कि जसले हरेक कुरा पूरा गर्दिन्छ अनि यति कुरा थाहा हुदा हुँदै पनि अनि किन त? तिमी मलाई केही नभनि भन्छौ कि तिमिले त मलाइ बुज्दै बुज्दैनौ!! मेरो मनको कुरा सुन्दै सुन्दैनौ!!! किन प्रिय?