गजल  

     आकासको चन्द्रमा छुन चाहन्छ

आकाशको चन्द्रमा छुन चाहन्छ
चादी चाहन्छ अनि सुन चाहन्छ

तेरो प्रार्थना त्यत्तिकै सुन्दैन उसले
सुन तेरो पापी ईश्वर खुन चाहन्छ

आत्मा शरीर सबै तिम्रै हो प्रिया
लैजाउ के चाहिन्छ कुन चाहन्छ

जनता उता पत्रिकामा सुतेको छ
मेरो सरकारले न्यानो उन चाहन्छ

गरिबीले गाजेरै होला त्यो साने
भत्ता पाउन छिटै बुढाे हुन चाहन्छ
                     
          -©अजय विश्वकर्मा \" सीमान्त\"
                      सैनिक आवासीय महाविद्यालय
                                     सुर्खेत

https://www.facebook.com/100011816762393/posts/754107781659774/?app=fbl

Comments

Post a Comment

Popular posts from this blog