Fuchchisaya
न दिनमा
न रातमा
न आकाशमा
न पातालमा
न दानव
न मानवले
न
कसैले मार्न सक्ने
हाम्रा बुवालाई
दिन रात मारिरहेका छन
हाम्रा इछ्यापुर्तिका
नरसिंहहरुले
विचरा
हाम्रा
हिरण्कश्यप बुवाहरु
नारदको लहलहैमा लागेर
अन्धाधुन्धा आधुनिकताको नाम
जपिरहेका
हामी प्रल्हाद
आफ्नै बिचरा बुबालाई
मारिरहेका छौ
इछ्यापुर्तिको नाममा
बिचरा
हाम्रा
हिरण्कश्यप बुवाहरु
होलिकाको फायर प्रूफ
वश्त्रजस्तै
भावनाको पिटाई प्रूफ
वश्त्र ओढेर
हामी आफै
इछ्यपुर्तिको आगोमा
बसेर
जलाइरहेक छौ
आफ्नै हिरण्कश्यप बुवालाई
बिचरा
हाम्रा
हिरण्कश्यप बुवाहरु
प्रल्हादले
बिष्णु भक्ति गरेझै निरन्तर रूपमा
हामी
आधुनिकताको भक्ति गरिरहेका छौ
उता
हाम्रा बुबा
दिनरात मरिरहेका छन्
समयको अगाडि
परिश्रम गरिरहेका छन्
नरसिंहको अगाडि
भन कहिले मर्छ
तिमी भित्र को नरसिंह
भन कहिले फेर्छन
हाम्रा बुबाले चयनको सास
हाम्रा बुबाहरु
प्यारा बुबाहरु
तर
कठै बिचरा हाम्रा
हिरण्कश्यप बुवाहरु
-अजय बि.क\'सिमान्त\'
सैनिक आवासीय महाविद्यालय
सुर्खेत

♥️♥️♥️♥️😎
ReplyDeleteLoved it man
ReplyDeletePargati Vai rako cha
ReplyDelete👏👏👏👏👏👏👏👏
ReplyDeleteNice job yar next time for mom
ReplyDeleteThank u soo much for ur suggestion.ok i will do.
ReplyDeleteNice xa��
ReplyDelete